दफा १०
बीमा व्यवसायको प्रकार (पोर्टफोलियो) को इजाजत खारेजी
(१) ऐनको दफा ३४ बमोजिम बीमकले बीमा व्यवसायको प्रकार (पोर्टफोलियो) खारेज गर्न निवेदन दिँदा देहायका विवरण तथा कागजात पेस गर्नु पर्नेछ:-
(क) व्यवसायको प्रकार (पोर्टफोलियो) खारेज गर्नु पर्ने मनासिब कारण,
(ख) व्यवसायको प्रकार (पोर्टफोलियो) खारेजीको कारणले बीमितको हक, हितमा प्रतिकूल असर नपर्ने कुराको प्रत्याभूति ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए
तापनि प्राधिकरणले समस्याग्रस्त बीमक भनी घोषणा गरेकोमा त्यस्तो बीमकको अवस्थामा सुधार नआएसम्म बीमकले व्यवसायको प्रकार (पोर्टफोलियो) खारेजीको लागि: निवेदन दिन पाउने छैन।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बीमित हित संरक्षणमा प्रतिकूल असर पर्ने भएमा वा समस्याग्रस्त बीमकको सुधारात्मक उपाय अवलम्बन गर्न आवश्यक भएमा प्राधिकरणले बीमकको बीमा व्यवसायको कुनै वा सबै प्रकार (पोर्टफोलियो) खारेज गर्न सक्नेछ।